Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कपमा मधेश प्रदेशमाथि बागमती ३५ रनले विजयी

पीएम कपमा मधेश प्रदेशमाथि बागमती ३५ रनले विजयी

images
  • पीएम कपमा मधेश प्रदेशमाथि बागमती ३५ रनले विजयी
    images
    images

    काठमाडौँ । बागमती प्रदेशले जारी पीएम कप अन्तर्गत मधेश प्रदेशलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३५ रनले पराजित गरेको हो ।

    images
    images
    images

    बागमती प्रदेशले दिएको २०९ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ३४.३ ओभरमा अल आउट हुदै १७३ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    मधेशका लागि मयन यादवले सर्बाधिक ४० रन बनाएका थिए भने आदील आलमले २७ रन बनाएका थिए । त्यस्तै प्रतिस जिसीले ५ विकेट लिएका थिए भने रिजन ढकालले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बागमती प्रदेशले ४८.४ ओभरमा अल आउट हुदै २०८ रन बनाएको थियो ।

    बागमतीका लागि उत्तम मगरले ४४ रन बनाएका थिए भने सन्दीप लामिछानेले ३६ र रिंगजिन लामाले २९ रन बनाएका थिए ।

    यो जितपछि बागमती प्रदेशको ८ खेलमा ८ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै मधेश प्रदेशको भने ७ खेलमा ९ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।