Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

युद्धविरामपछि पनि होर्मुजमा जाहाजको आवागमन अवरुद्ध

युद्धविरामपछि पनि होर्मुजमा जाहाजको आवागमन अवरुद्ध

images
  • युद्धविरामपछि पनि होर्मुजमा जाहाजको आवागमन अवरुद्ध
    images
    images

    काठमाडौँ । अमेरिका र इरानबीच युद्धविराम घोषणा भए पनि होर्मुज जलडमरूमध्यमा जहाज आवागमन अझै ठप्पजस्तै बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँबाट केवल १ वटा तेल बोक्ने जहाज र ५ वटा मालवाहक जहाज मात्र आवतजावत गरेको विवरण सार्वजनिक भएको छ ।

    images
    images
    images

    यसअघि दैनिक करिब १४० जहाज आवतजावत गर्ने उक्त मार्ग फेब्रुअरी अन्त्यतिर द्वन्द्व सुरु भएपछि निकै प्रभावित बनेको हो । अहिले पनि स्थिति सामान्य हुन सकेको छैन ।

    images
    images
    images

    यता इरानले अमेरिका विरुद्ध युद्धविरामका मुख्य सर्त उल्लंघन गरेको आरोप लगाएको छ । इरानी संसदका सभामुख मोहम्मद बाकेर गालिबाफले अमेरिका द्वारा प्रस्तावित १० बुँदे सहमतिका आधारभूत सर्त तोडिएको बताएका छन् ।

    images
    images
    images

    इरानले वार्ताको आधार नै कमजोर भइसकेको भन्दै अहिलेको अवस्थामा वार्ता वा युद्धविरामको औचित्य नरहेको स्पष्ट पारेको छ ।

    अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन नभएसम्म अमेरिकी सेना सो क्षेत्र वरिपरि तैनाथ रहने बताएका छन् ।

    ट्रम्पले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै सहमति उल्लंघन भए पुनः झडप सुरु हुन सक्ने र त्यसको प्रभाव अझ ठूलो र विनाशकारी हुन सक्ने बताएका छन् । साथै उनले यस्तो अवस्था आउन सक्ने सम्भावना कम भए पनि अमेरिका पूर्ण तयारीमा रहेको जनाएका छन् ।

    युद्धविरामपछि अमेरिका र इरानका प्रतिनिधिवार्ताका लागि पाकिस्तान पुग्ने क्रममा रहेका छन् ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होर्मुज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।