देवदह । देवदह बुद्ध पब्लिक इंग्लिश बोर्डिङ हाई स्कुलको कक्षा ६ को छात्रवृत्ति प्रवेश परीक्षा सरेको छ ।
यसअघि २०८२ चैत २७ गतेका लागि तय गरिएको परीक्षा नेपाल सरकारले शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेपछि सारिएको विद्यालयले जनाएको छ । अब उक्त परीक्षा २०८३ वैशाख ५ गते शनिबार बिहान ८ बजे सञ्चालन हुने जनाइएको छ ।
विद्यालयका अनुसार छात्रवृत्ति परीक्षा नेपाल सरकारद्वारा निर्धारण गरिएको पाठ्यक्रममा आधारित हुनेछ । परीक्षामा अंग्रेजी, नेपाली, सामाजिक, गणित, विज्ञान र सामान्य ज्ञान विषय समावेश गरिनेछन् ।
आवेदन फाराम २०८२ चैत २२ गतेदेखि २०८३ वैशाख ४ गतेसम्म वितरण गरिने र सोही मितिसम्म बुझाउन सकिने विद्यालयले जनाएको छ । फाराम विद्यालयको फेसबुक पेज वा वेबसाइटमार्फत पनि भर्न सकिनेछ ।
विद्यालयले कक्षा ५ उत्तीर्ण, IEMIS नम्बर अद्यावधिक भएको र २०८२ चैत मसान्तसम्म १२ वर्ष ननाघेका विद्यार्थीलाई मात्रै परीक्षामा सहभागी हुन पाउने जनाएको छ । साथै, गरिब तथा जेहेन्दार र विद्यालयले तोकेको मापदण्ड पूरा गर्ने विद्यार्थीलाई मात्रै छात्रवृत्ति सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ ।
परीक्षाका लागि पासपोर्ट साइज फोटो, हाल अध्ययनरत कक्षाको दोस्रो त्रैमासिक परीक्षाको ग्रेडसिटको प्रतिलिपि र जन्मदर्ता प्रमाणपत्र आवश्यक पर्ने विद्यालयले जनाएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology