देवदह । देवदह बुद्ध पब्लिक इङ्गिस बोर्डङ हाइस्कुलले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८३ का लागि नर्सरीदेखि ९ कक्षा सम्म भर्ना भएका १९५ जना विद्यार्थीलाई स्वागत गरिएको विद्यालयले जनाएको छ । नव आगन्तुक विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले टीका, खादा र मायाको चिनोले स्वागत गरेका थिए ।
कार्यक्रम विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशीको सभापतित्वमा अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजन, सहायक प्रिन्सिपल रोशी गुरुङ्ग, ११-१२ इन्चार्ज, अनन्ताराम भण्डारी, मा.वि इन्चार्ज मुक्तिलाल विश्वकर्मा, नि.मा.वि इन्चार्ज अञ्जना वली, प्रा.वि इन्चार्ज अस्मिता गुरुङ्ग, पूर्व प्रा.वि इन्चार्ज मनमाया रूचाल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology