देवदह । वि. सं. २००४ सालमा जन्मिएर २०२७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका ७५ बर्षिय पाका कम्युनिस्ट नेता हर्क बहादुर विक जो नेकपा मसालको राजनीतिसंगै माओवादी केन्द्र पार्टीमा संलग्न हुँदै आएका थिए, उनी शुक्रबार नेकपा एमाले प्रवेश गरेको हल्ला चल्यो ।
उनलाई एमाले नेता छविलाल विश्वकर्माले एक कार्यक्रम विच पार्टीमा स्वागत गरेका थिए । तर यसै क्षेत्रका संघीय सांसद समेत रहेका एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले पार्टीमा भित्र्याएको केही घण्टामै हर्कबहादुर विक पुन: माओवादी मै फर्किए ।
विहान १० बजेतिर एमाले बनेका उनी १२ घण्टा पनि एमाले बनिरहन सकेनन् । दिनभरी एमाले कार्यकर्ताहरूले उनी एमालेमा प्रवेश गरेको फोटो पोस्ट्याए । तर दिउँसो एमाले बनेका उनी साँझ ५ बज्दा नबज्दै 'संकल्प पत्र' लेख्दै माओवादी मै रहेको घोषणा गरे ।
संकल्प पत्रमा उनले एमालेको कार्यालय उद्घाटनमा भाव आवेशमा आएर केही लहड र क्षणिक उत्तेजनामा एमाले प्रवेश गरेकोप्रति ठूलो आत्मग्लानी र हिनताबोध भएको उल्लेख गरेका छन् । माओवादीको जनसंगठन जेष्ठ कम्युनिस्ट मंच रुपन्देहीका जिल्ला सदस्य रहेका उनले संकल्प पत्रमा नेपालको कम्युनिष्ट आन्दोलनको उर्वर भूमि चितवनको गाडी देखि नै पञ्चायत विरोधी आन्दोलनसंगै मसालको राजनितीमा सक्रिय रहँदै कैयौ समय भुमिगत र गिरफ्तारी भएको कुरा स्मरण गर्न गरेका छन् ।
हेर्नुहोस् उनको संकल्प पत्र :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology