काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा अनाधिकृत गतिबिधि नगर्न चेतावनी दिएका छन् ।
काठमाडौंमा जरा अभियानको शुभारम्भ गर्दै सभापति थापाले सकेसम्म पार्टीका गतिविधिमा सहयोग गर्न नसकेमा आफुले गरिरहेका काममा अवरोध नगर्न आग्रह गर्दै अनधिकृत गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
उनले आफु पार्टीको विधानले बाधिएको बताउदै बैशाख महिना भित्र क्रियाशील सदस्यता अध्यावधिक नगर्नेको सदस्यता नरहने स्पष्ट गरे ।
उनले सरकार मिलेर काम गर्ने वातावरण बनाउनुपर्ने बताउदै भने- 'ताली एक हातले मात्र बज्दैन, दुई हातले बज्छ । हामी मिलेर काम गर्ने भनेका भन्यै छौँ । हामीलाई मिलाएर, सँगसँगै लिएर जाने हो कि होइन यो सरकारको काम हो ।'
थापाले विधिसम्मत काम नभएका ठाउँमा कांग्रेसले प्रश्न उठाउने बताउदै अब पार्टीलाई प्रतिपक्षको भूमिका निभाउन सक्ने बनाउन लागेको बताए ।
उनले पार्टी बाहिर अनावश्यक सदस्यताको बारेमा कोलाहल नगर्न र आफ्नो वडा इकाइमा गएर क्रियाशील अध्यावधिक गर्न आग्रह गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology