Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिकाको आरोप असत्य छ, इरानलाई सैन्य हतियार दिएका छैनौं- चीन

अमेरिकाको आरोप असत्य छ, इरानलाई सैन्य हतियार दिएका छैनौं- चीन

images
  • अमेरिकाको आरोप असत्य छ, इरानलाई सैन्य हतियार दिएका छैनौं- चीन
    images
    images

    काठमाडौँ । चीनले इरानलाई कुनै पनि सैन्य सहयोग नगरेको स्पष्ट पार्दै अमेरिकाका आरोपहरू पूर्ण रूपमा असत्य भएको जनाएको छ ।

    images
    images
    images

    चीनको विदेश मन्त्रालयका प्रवक्ता जिन जियानले सञ्चारमाध्यममा आएका समाचारहरू मनगढन्ते रहेको बताएका छन् । चीनले हतियार निर्यातका विषयमा कडा नियम पालना गर्ने र कुनै पनि द्वन्द्वलाई प्रोत्साहन नगर्ने दाबी गरेको छ ।

    images
    images
    images

    अमेरिकाले चीनले इरानलाई क्षेप्यास्त्र वा हवाई सुरक्षा प्रणाली उपलब्ध गराउन सक्ने आशंका व्यक्त गरिरहेका बेला चीनको यस्तो प्रतिक्रिया आएको हो ।

    images
    images
    images

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै देश, विशेषगरी चीन, इरानलाई सैन्य सहयोग गरेको पाइएमा त्यस्ता देशमाथि ५० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका छन् । चीनले पनि यसमा कडा प्रतिक्रिया दिदै अमेरिकाले यस्ता आरोपका आधारमा शुल्क बढाएमा आफूले पनि प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # चीन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।