Logo

२०८३, आश्विन ९गते


images
images

“प्रिय सामाजिक सञ्जाल"

“प्रिय सामाजिक सञ्जाल"

images
  • “प्रिय सामाजिक सञ्जाल"
    images
    images

    हात हातमै
    स्मार्ट फोन आएपछि 
    क्षण भरमै जगत अपडेट हुन थाल्यो!
    आजभोली त आमाले पनि
    स्मार्ट फोन चलाउने हुनुभएको छ!

    images
    images
    images

    सामाजिक सञ्जालमा 
    टाँसिएका तस्बिर  र पोस्टहरुमा 
    साथीको कमेन्ट देखिएपछि 
    उ पनि आरामै रहेछ भन्ने बुझिन्छ!

    images
    images
    images

    साथी सँग भेट नभएको जुग भएछ!
    सबै जानकारीहरु सामाजिक सञ्जालमा 
    अपडेट भएर आउने भएपछि 
    आजभोली साथीसँग बातचित ठप्पै भएको छ!
    के भनेर कुरा गर्ने?
    के भनेर सोध्ने?
    तर पनि सोधेँ साथी आरामै छौ?

    images
    images
    images

    खास्सै केहि प्रतिउत्तर आएन
    फेसबुकको भित्तामा बिहानै लेखिएको रहेछ
    ......सिक टुडे..!
    साथीको पोस्ट रहेछ
    मैले थाहा नपाएको रहेछु
    हतार हतार 
    गेट वेल सुन….लेखेपछि ढुक्क भयो!

    भोली पल्ट बिहानै अर्को पोस्ट देखियो 
    उहि साथीको र लेखिएको रहेछ 
    फिलिङ्ग हेप्पी वुईथ.........! 
    हिजो बिरामी भएको साथी 
    आज निको भईसकेको रहेछ!

    देखिन वा देखाउन 
    सामाजिक सञ्जालमा 
    जीवनको जानकारी दिईएन भने 
    अर्थात जीवनका सबै जानकारी 
    ओछ्याईएन भने 
    श्वास फेर्न निकै कठिन हुनेरहेछ!

    बल्ल तल्ल धेरै पछि 
    आफन्तहरु,अर्थात आफन्त भनिनेहरु सँग 
    एक साँझ डिनरको आयोजना भयो 
    भेट भएका आफन्त
     सबैले सामाजिक सञ्जालबाट 
    अपडेट ओछ्याएपछि  डिनर शुरु गरियो 
    खास्सै बातचित भएन 
    सबैको आँखा फोनमै दौडिए 
    डिनर सकियो र बिदा भईयो
    बिदा भएलगत्तै सँगै डिनर गरेका प्रियजनको 
    फेसबुकमा पोस्ट देखियो 
    लेखिएको रहेछ..!
    लामो समय देखि भेट नभएका मेरा प्रियजनलाई भेट्न साह्रै न्यास्रो लागेको थियो!
    खुब गफियो छुट्न मन पटक्कै थिएन सि यु एभ्रिवान सुन...!   
    मैले पनि कमेन्टमा सि यु एभ्रीवान सुन 
    भनेर लेखिदिएँ!

    साँगुरो भूगोलमा फराकिलो सम्बन्ध खोजिनु पर्ने 
    तर आजभोली त 
    सम्बन्धहरु नै साँघुरिँदै गएका छन्
    जीवन व्यस्तहुनु फरक हो 
    तर व्यस्त भए जस्तो गरिनु या देखाइनु के होला?
    प्रिय सामाजिक सञ्जाल 
    धेरै आभार तिमीलाई!
    तिमी नराम्रो पनि त छैनौ नि!
    तिम्लाई खराब भन्न खोजेको पनि होईन 
    तिमी भएर त धेरै मानिसहरुको बिचमा पुग्न सजिलो भएको छ
    यत्ति हो मानिसहरुका यी सम्बन्धहरु नभाँचियोस्
    मानिस “मानिस”भएर बाँच्न सकियोस्
    आफन्तहरुको न्यास्रो साँच्चिकै मिटियोस्!


    - महेश्वर शर्मा 
    केन्द्रीय सदस्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज 
    हाल सिड्नी अष्ट्रेलिया 
    स्थाई देवदह रुपन्देही

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • # महेश्वर शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।