Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

हर्मुज खुल्ला गर्ने इरानको घोषणा : के भन्छन् ट्रम्प ?

हर्मुज खुल्ला गर्ने इरानको घोषणा : के भन्छन् ट्रम्प ?

images
  • हर्मुज खुल्ला गर्ने इरानको घोषणा : के भन्छन् ट्रम्प ?
    images
    images

    काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज युद्धविराम अवधिको बाँकी समयका लागि पूर्णरूपमा खुला रहने घोषणा गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल ‘एक्स’मा जारी वक्तव्यमा उनले लेबनानमा भएको युद्धविरामसँग समन्वय गर्दै स्ट्रेट अफ हर्मुज हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमन बाँकी युद्धविराम अवधिभर पूर्णरूपमा खुला गरिएको बताएका हुन् ।

    images
    images
    images

    उनले इस्लामिक गणतन्त्र इरानको बन्दरगाह तथा समुद्री संगठनले यसअघि नै सार्वजनिक गरेको समन्वित मार्गअनुसार जहाज सञ्चालन हुने पनि स्पष्ट पारे । यसअघि इरानले फब्रुअरीमा अमेरिका इजरायलको आक्रमणको प्रतिक्रिया स्वरूप विश्वकै व्यस्त तेल ढुवानी मार्ग मानिने हर्मुज बन्द गरेको थियो। त्यसपछि यसै साताको सुरुआतमा अमेरिकाले हर्मुज नौसैनिक नाकाबन्दी सुरु गर्ने घोषणा गरेको थियो ।

    images
    images
    images

    इरान र अमेरिकाबीचको दुई साताको युद्धविराम आगामी अप्रिल २२ मा सकिने तय छ। यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्य पुनः खुला गरिएको विषयमा इरानलाई धन्यवाद दिएका छन् । 

    इरानले युद्धविराम अवधिभर जलडमरूमध्य खुला रहने घोषणा गरेपछि ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन् । यस घोषणाले विश्वको प्रमुख तेल ढुवानी मार्ग पुनः सञ्चालनमा आउने संकेत दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्मुज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।