Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

हर्मुज आक्रमणमा आफ्ना नागरिकको मृत्युपछि भारतले इरानसँग माग्यो स्पष्टीकरण

हर्मुज आक्रमणमा आफ्ना नागरिकको मृत्युपछि भारतले इरानसँग माग्यो स्पष्टीकरण

images
  • हर्मुज आक्रमणमा आफ्ना नागरिकको मृत्युपछि भारतले इरानसँग माग्यो स्पष्टीकरण
    images
    images

    काठमाडौँ । हर्मुज जलडमरूमध्यमा संयुक्त अरब इमिरेट्सका दुई तेल ट्याङ्करमाथि भएको क्षेप्यास्त्र आक्रमणपछि भारतले इरानसँग कडा असन्तुष्टि जनाएको छ । 

    images
    images
    images

    भारत सरकारले मंगलबार बिहान इरानका उपराजदूत मोहम्मद जवाद हुसेनीसहित इरानी कूटनीतिज्ञहरूलाई नयाँ दिल्लीस्थित परराष्ट्र मन्त्रालयमा बोलाएर घटनाबारे औपचारिक स्पष्टीकरण मागेको छ।

    images
    images
    images

    भारतको विदेश मन्त्रालयले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको र अन्य भारतीय घाइते भएको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ ।

    images
    images
    images

    संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयका अनुसार सोमबार राति हर्मुज जलडमरूमध्यमा रहेका मोम्बासा र बहिया नामका दुई तेल ट्याङ्करमाथि दुई वटा क्रुज क्षेप्यास्त्र प्रहार गरिएको थियो । आक्रमणपछि दुवै ट्याङ्करमा भीषण आगलागी भएको थियो ।

    घटनामा मोम्बासा ट्याङ्करमा कार्यरत एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। गम्भीर घाइतेमध्ये चार जना भारतीय र दुई जना युक्रेनी नागरिक रहेका छन् ।

    यसैबीच, अमेरिकाले पनि मंगलबार बिहान इरानका विभिन्न सैन्य अड्डामाथि करिब पाँच घण्टासम्म हवाई आक्रमण गरेको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार बुशेहर, चाहबहार, जास्क, कोनार्क, अबु मुसा र बन्दर अब्बासस्थित सैन्य संरचनालाई निशाना बनाइएको हो ।

    हर्मुज जलडमरूमध्यमा भएको ट्याङ्कर आक्रमण र त्यसपछि विकसित घटनाक्रमले मध्यपूर्वमा तनाव थप चुलिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्मुज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।