Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएलमा चेन्नईमाथि सनराइजर्स १० रनले विजयी

आइपिएलमा चेन्नईमाथि सनराइजर्स १० रनले विजयी

images
  • आइपिएलमा चेन्नईमाथि सनराइजर्स १० रनले विजयी
    images
    images

    काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा चेन्नईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई १० रनले पराजित गरेको हो ।

    images
    images
    images

    सनराइजर्सले दिएको १९५ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन मात्र बनाएको थियो । चेन्नईका लागि म्याथ्यु शर्टले सर्बाधिक ३४, आयुष मात्रेले ३० र सरफराज खानले २५ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै सनराइजर्सका बलर इशान मालिंगाले ३ विकेट लिए भने नितिश कुमार रेड्डीले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९४ रन बनाएको थियो । सनराइजर्सका लागि अभिषेक शर्मा र हेईनरीच क्लासेनले ५९-५९ रन बनाएका थिए ।

    त्यस्तै चेन्नईका बलर जामि ओभरटन र अन्शुल काम्बोजले ३-३ तथा मुकेश चौधरीले २ विकेट लिएका थिए ।

    यो जितपछि सनराइजर्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै चेन्नईको भने ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।