Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा तीन जहाजमा गोलीबारी

होर्मुज क्षेत्रमा तीन जहाजमा गोलीबारी

images
  • होर्मुज क्षेत्रमा तीन जहाजमा गोलीबारी
    images
    images

    काठमाडौँ । होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन जहाजमाथि गोलीबारी भएको छ । समुद्री सुरक्षासम्बन्धी स्रोत र बेलायतको समुद्री व्यापार निगरानी निकायले उक्त जानकारी दिएको हो ।

    images
    images
    images

    ओमानको उत्तर-पूर्व क्षेत्रमा लाइबेरियाको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि गोलीबारीसँगै रकेट आक्रमण भएको जनाइएको छ । आक्रमणबाट जहाजको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सबै सदस्य सुरक्षित रहेको बताइएको छ ।

    images
    images
    images

    यसैगरी पनामाको झण्डा बोकेको अर्को जहाजमाथि पनि आक्रमण भएको छ । उक्त जहाज इरानबाट करिब ८ नटिकल माइल दूरीमा रहेको थियो । यो जहाज र त्यसमा सवार सबै सदस्य सुरक्षित रहेको जनाइएको छ ।

    images
    images
    images

    तेस्रो कन्टेनर जहाजमाथि पनि इरानबाट करिब ८ नटिकल माइल पश्चिमतर्फ गोलीबारी गरिएको थियो । होर्मुज क्षेत्रबाट बाहिरिँदै गरेको उक्त लाइबेरियाली जहाजमा भने कुनै क्षति नपुगेको जानकारी दिइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होर्मुज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।