Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएलमा पञ्जावमाथि सनराइजर्स ३३ रनले विजयी

आइपिएलमा पञ्जावमाथि सनराइजर्स ३३ रनले विजयी

images
  • आइपिएलमा पञ्जावमाथि सनराइजर्स ३३ रनले विजयी
    images
    images

    काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई ३३ रनले पराजित गरेको हो ।     

    images
    images
    images

    सनराइजर्सले दिएको २३६ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन बनाएपछि खेल ३३ रनले हारेको थियो ।

    images
    images
    images

    पञ्जावका लागि कूपर कोन्नोलीले १०७ रनको शतकीय पारी खेलेका थिए भने मार्कस स्टोइनिसले २८ रन बनाएका थिए ।त्यस्तै सनराइजर्सका बलर पाट कमिन्स र शिभांग कुमारले २-२ विकेट लिएका थिए ।

    images
    images
    images

    यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाउदै २३५ रन बनाएको थियो । सनराइजर्सका लागि हेइनरिच क्लासेनले सर्बाधिक ६९ रन बनाए भने इशान किशनले ५५, ट्राभिस हेडले ३८, अभिषेक शर्माले ३५ र नितिश कुमार रेड्डीले २९ रन बनाएका थिए ।

    यो जितपछि सनराइजर्स हैदरावाद ११ खेलमा १४ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जावको १० खेलमा १३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

    जारी आइपिएलमा आज लखनउ सुपर जाइन्ट र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।