Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिनिधि सभा

नाराबाजीकै बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

नाराबाजीकै बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

images
  • नाराबाजीकै बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित
    images
    images

    काठमाडौं । बिपक्षी दलका सांसदहरुको नाराबाजीका बीचमा प्रतिनिधि सभाबाट  वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित भएको छ । 

    images
    images
    images

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक विपक्षी सांसदहरुले नाराबाजी गरिरहेकै समयमा सभामुख डिपी अर्यालले प्रक्रिया अगाडी बढाएर पारित गराएका हुन् ।

    images
    images
    images

    विपक्षी दलहरुले प्रधानमन्त्रीलाई संसदमा उपस्थितिका लागि रुलिङको माग गर्दै प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेर नाराबाजी गरेका थिए ।

    images
    images
    images

    विहिबारको प्रतिनिधि सभाको बैठकको शुन्य समय र विशेष समयपछि विपक्षी दलहरुले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध शुरु गरेका थिए । 

    विरोधकै बीचमा सभामुख अर्यालले संसदको कारवाही अगाडी बढाउदै प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । 

    अब प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते मंगलबार बस्ने गरि तोकिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।