Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

प्रधानमन्त्रीले गल्ति स्वीकार गरेर जनतासँग माफी माग्नुपर्छ- गगन थापा

प्रधानमन्त्रीले गल्ति स्वीकार गरेर जनतासँग माफी माग्नुपर्छ- गगन थापा

images
  • प्रधानमन्त्रीले गल्ति स्वीकार गरेर जनतासँग माफी माग्नुपर्छ- गगन थापा
    images
    images

    बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही प्रवृत्ति भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    बिहीबारदेखि लुम्बिनी प्रदेशस्तरीय जरा अभियानको सुरुवात गर्दै सभापति थापाले तथ्य, प्रमाण र दस्तावेजबिना प्रधानमन्त्रीले बोल्नु राष्ट्रहितविपरीत रहेको बताउदै २०७४ सालमा सबै दल मिलेर संसदबाट एकमतले पारित गरेको नेपालको नक्सा र त्यसका आधारहरूलाई नजरअन्दाज गरिनु देशद्रोही प्रवृत्ति भएको बताए ।

    images
    images
    images

    सभापति थापाले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेपालीको शिर निहुराएको र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने दुष्प्रयास गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीले तत्काल संसद्‌मा उपस्थित भएर आफ्नो गल्ती स्वीकार गरी जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।