काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।
सक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ ।
कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ।
सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको छ ।
पशुपति क्षेत्र विकास कोषको अनुसार शव चाप अत्यधिक भएपछि विकल्पमा बाग्मती किनार अन्त्यष्टि गर्न थालिएको हो । हाल, पशुपति आर्यघाटमा तीन विद्युतीय शवदाह गृह छन् । तीमध्ये एक मर्मत क्रममै छ ।
सोमबार साझसम्म पशुपति आर्यघाटमा ३६ जनाको शव अन्त्येष्टिका लागि अनुरोध आएको छ । सेनाले मृत्यु हुनेको संख्या अझै तीव्र गतिमा बढ्दै गए सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने आकलनसमेत गरेको छ ।
संक्रमण गतिमा 'चेनब्रक' नहुँदा सरकारले निषेधाज्ञा देशव्यापी बनाउँदै लगेको छ भने उपत्यकामा जारी लकडाउन बढाउने तयारी गरेको छ ।
आजको राजधानी दैनिकमा समाचार प्रकाशीत छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology