Logo

२०८३, श्रावण ३०गते


images
images

मेयर कप फुटबल

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता : बुधवारको खेलमा वडा नं ९ र ३ बिजयी

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता : बुधवारको खेलमा वडा नं ९ र ३ बिजयी

images
  • पाँचौँ मेयर कप फुटबल प्रतियोगिता : बुधवारको खेलमा वडा नं ९ र ३ बिजयी
    images
    images

    देवदह । देवदह नगरपालिकाको अन्तरवडा स्तरीय पाँचौँ मेयर कप फुटबल प्रतियोगिताको बुधवार सम्पन्न पहिलो खेलमा वडा नं ९ विजयी भएको छ । वडा नं ४ विरुद्धको खेलमा शुन्यका विरुद्ध २ गोल गर्दै वडा नं ९ विजयी भएको हो ।  वडा नं ९ का एलिस बोहोरा र आकाश थापाले एक एक गोल गरे । खेलमा वडा नं ९ का अनिल क्षेत्री म्यान अफ दि म्याच घोषित भए ।

    images
    images
    images

    यसैगरी बुधवार नै सम्पन्न दोस्रो खेलमा वडा नं ३ विजयी भएको छ । वडा नं ६ लाई शुन्यका विरुद्ध १ गोल गर्दै वडा नं ३ विजयी भएको हो । खेलमा वडा ३ को लागि एक मात्र गोल गर्ने प्रविन थिङ म्यान अफ दि म्याच घोषित भएको नगर खेलकुद विकास समितिका सदस्य देव थापाले जानकारी दिए ।

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत बिहिबार पनि २ वटा खेल हुने आयोजकले जनाएको छ । बिहिबारको पहिलो खेल वडा नं १० र ७ का बिच तथा दोस्रो खेलमा वडा नं ८ ले वडा नं ५ को सामना गर्नेछ । 

    images
    images
    images

    देवदह नगर खेलकुद विकास समितिको आयोजनामा देवदह-८ स्थित टटेरा खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरका १२ वटै वडाको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ने आयोजकले जनाएको छ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने जनाइएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वडा नं ९
  • # मेयर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।