Logo

२०८३, आश्विन १०गते


images
images

पाँचौँ देवदह मेयर कप : च्याम्पियन बन्यो वडा नं १०

पाँचौँ देवदह मेयर कप : च्याम्पियन बन्यो वडा नं १०

पाँचौँ मेयर कप
images
  • पाँचौँ देवदह मेयर कप : च्याम्पियन बन्यो वडा नं १०
    images
    images


    देवदह । रुपन्देहीको देवदहमा जारी पाँचौ मेयर कप वडास्तरीय फुटवल प्रतियोगिताको उपाधि वडा नं १० ले हात पारेको छ । आईतबार सम्पन्न फाईनल खेलमा वडा नं २ लाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै वडा नं १० ले उपाधि जितेको हो ।

    images
    images
    images

    निकै प्रतिष्पर्धात्मक खेलको पहिलो मिनटमा वडा नं १० का जर्सी नं ७ का सुदिप थापाले हानेको गोल निर्णायक बन्यो । खेलमा दुवै तर्फबाट केहि गोलका अवसरहरु श्रीजना भएपनि त्यसलाई गोलकिपरहरुले उत्कृष्ट बचाउ गरेका थिए । 

    images
    images
    images

    हारसँगै वडा नं २ ले उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा विजेता वडा नं १० ले नगद ५१ हजार र ट्रफि प्राप्त गरेको छ भने उपविजेताले नगद ३१ हजारसंगै ट्रफी प्राप्त गरेको छ ।

    images
    images
    images

    यसैबिच आईतबार नै बिजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार तथा ट्रफि प्रदान गरिएको छ । देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता गणेश डुम्रे, वडा नं ८ का अध्यक्ष हरि पाण्डे, वडा नं १० का अध्यक्ष एकबहादुर सुनार, शिक्षा तथा खेलकुद शाखा प्रमुख परशुराम ढकाल लगाएतको उपस्थितिमा पुरस्कार वितरण गरिएको आयोजक नगर खेलकुद विकास समिति देवदहका अध्यक्ष कमल पाण्डेले जानकारी दिए ।

    जेठ १९ गतेबाट देवदह–८, स्थित खेल मैदानमा सुरु भएको प्रतियोगितामा देवदह नगरपालिकाका १० वडाको सहभागिता रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेयर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।