देवदह । रुपन्देहीको देवदहमा आयोजित तेश्रो मेयर रनिङ्ग कप वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र ४ विजयी भएका छन् । प्रतियोगिता अन्र्तगत भएको दोस्रो दिनको पहिलो खेलमा वडा नं ३ र दोश्रो खेलमा वडा नम्वर ४ विजयी भएको नगर खेलकुद विकास समिति संयोजक कमल पाण्डेले जानकारी दिए ।
पहिलो खेलमा निर्धारित समयमा दुवै टिमले १÷१ गोल गरेपछि ट्राईवेकरको आधारमा देवदह–३, विजयी भएको हो । निकै प्रीतस्पर्धात्मक रहेको खेलमा निर्धारित समयमा दुवै टिमले कुनै गोल गर्न नसकेपछि ट्राईवेकरको आधारमा ५–४ गोलले वडा नम्वर ३ विजयी भएको हो । खेलमा देवदह–११, का जर्सी नम्वर १९ का अनिस गुरुङ्गले पहिलो हाफको २४ औं मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
दोश्रो हाफको अन्तिम समयमा देवदह–३, का जर्सी नम्वर ९, का खेलाडी सुमन मसराङ्गीले एक गोल गरेपछि बरावरीमा पु¥याएका थिए ।
यसैगरी दोश्रो खेलमा वडा नम्वर १ लाई शुन्यका विरुद्ध ६ गोल गर्दै वडा नम्वर ४ क्वाटर फाईनलमा प्रवेश गरेको छ । खेलमा वडा नम्वर ४ का जर्सी नम्वर ८ का खेलाडी विशाल दर्जीले ४ गोल गरेका छन् ।
त्यसैगरी जर्सी नम्वर १० का खेलाडी मन्दिप शाक्य र जर्सी नम्वर ११ का खेलाडी तारा न्यौपानेले १÷१ गोल गरेका थिए ।
देवदह नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताका विजेताले नगद ५१ ह्जार र उपविजेताले नगद ३१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
भोलिको खेल वडा नं ५ र ६ तथा वडा नं ७ र ८ बीच हुने जनाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology