देवदह । देवदह-५ मा जारी प्रथम टोलस्तरीय सेभेन ए साईड मैत्रीपूर्ण फुटवल प्रतियोगिताको फाईलनमा कोलुवा शान्ति टोल र प्रगति टोल विकास संस्था बिच प्रतिष्पर्धा हुने भएको छ ।
। शुक्रबार सम्पन्न सेमिफाईनल खेलमा कोलुवा शान्तिले गुरुङ्गटोला टोल विकास संस्था र प्रगतिले नमुना टोल विकास संस्थालाईं हराउदै फाईनल प्रवेश गरेका हुन् ।
प्रतियोगिता अन्र्तगत भएको पहिलो सेमिफाईनल खेलमा कोलुवाले गुरुङ्गटोलालाई १ का विरुद्ध ५ गोलले पराजित गरेको हो । खेलमा कोलुवाका विवेक सिंजालीले २, तथा कुलवीर घर्ती, बोमबहादुर रखाली र असिम विकले १÷१ गोल गरेका थिए । गुरुङटोलाका लागि सान्त्वना गोल रमित चौधरीले गरेका हुन् ।
यसैगरी दोश्रो सेमिफाईनल खेलमा प्रगतिले नमुनालाई सून्यका विरुद्ध ४ गोलले पराजित गर्यो । प्रगतिको जीतमा गणेश गौतमले २ गोल गरे भने नविन पौडेल र निश्चल पौडेलले १÷१ गोलको योगदान गरे ।
देवदह नगरपालिका-५, को आर्थिक सहयोग र वडास्तरीय खेलकुद समितिको आयोजनामा भएको प्रतियागिताका विजेताले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक नविन लुईटेलले जानकारी दिनु भयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology