Logo

२०८३, श्रावण ३०गते


images
images

फुटबल

देवदह-५ स्थित सेभेन ए साइड फुटबल : गुरुङटोला र नमुना सेमिफाइनल प्रवेश

देवदह-५ स्थित सेभेन ए साइड फुटबल : गुरुङटोला र नमुना सेमिफाइनल प्रवेश

images
  • देवदह-५ स्थित सेभेन ए साइड फुटबल : गुरुङटोला र नमुना सेमिफाइनल प्रवेश
    images
    images

    देवदह । रुपन्देहीको देवदह-५ मा सञ्चालित प्रथम टोलस्तरीय सेभेन ए साईड मैत्रीपूर्ण फुटवल प्रतियोगिता अन्तर्गत बिहिबार भएका खेलमा गुरुङ्गटोला टोल विकास संस्था र नमुना टोल विकास संस्था बिजयी भएका छन् । 

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत भएको पहिलो क्वाटर फाईनल खेलमा माथादेवी टोल विकास संस्थालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै गुरुङ्गटोला सेमिफाइनल प्रवेश गरेको हो । खेलमा गुरुङ्गटोलाका रमित चौधरीले २ गोल गरेका थिए । यसैगरी माथादेवीका प्रकाश गुरुङ्गले एक गोल गरेपनि त्यो जितको लागि प्रयाप्त हुन सकेन । 

    images
    images
    images

    यसैगरी दोश्रो क्वाटर फाईनल खेलमा नमूना टोल विकास संस्था बिजयी हुँदै सेमिफाईलनमा प्रवेश गरेको छ । खेलमा एकता टोल विकास संस्थालाई सून्यका विरुद्ध १ गोल गर्दै नमूना सेमिफाईलनमा प्रवेश गरेको हो । खेलमा नमुनाका रोहन थापाले गरेको गोल नै निर्णायक बन्यो । 

    images
    images
    images

    यसअघि कोलुवा शान्ति टोल विकास संस्था र प्रगति टोल विकास संस्था सेमिफाईनल प्रवेश गरीसकेका छन् । 

    देवदह नगरपालिका-५, वडा कार्यालयको आर्थिकब सहयोग र वडास्तरीय खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताका विजेताले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक नविन लुईटेलले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।