Logo

२०८३, श्रावण ३०गते


images
images

इरान-अमेरीका द्वन्द्व

इरान-अमेरीका द्वन्द्व : गएरातीको आक्रमण इरानका २० स्थानमा लक्षित

इरान-अमेरीका द्वन्द्व : गएरातीको आक्रमण इरानका २० स्थानमा लक्षित

images
  • इरान-अमेरीका द्वन्द्व : गएरातीको आक्रमण इरानका २० स्थानमा लक्षित
    images
    images

    काठमाडौँ । अमेरिकाले इरानका विभिन्न २० वटा स्थानलाई लक्षित गरी सैन्य आक्रमण गरेको दाबी गरिएको छ ।

    images
    images
    images

    अमेरिकी सञ्चार माध्यमका अनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले मंगलबार राति इरानका २० स्थानमा आक्रमण भएको जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकी केन्द्रीय कमाण्डले अहिलेका लागि आक्रमण रोकिएको जनाएको छ तर अवस्था अझै संवेदनशील र सक्रिय रहेको बताइएको छ ।

    images
    images
    images

    अधिकारीले इरानले जवाफी कारबाही गरेमा त्यसको प्रतिकार गर्न अमेरिकी सेना पूर्ण रूपमा तयार रहेको चेतावनी पनि दिएका छन् ।

    images
    images
    images

    यसैबीच, इरानी रिभोलुसनरी गार्डले चेतावनी दिँदै अमेरिका पुनः आक्रमणमा उत्रिएमा क्षेत्रभर तोकिएका लक्ष्यहरूमा अझ व्यापक र कडा प्रतिकार गरिने जनाएको छ ।

    इरानी सरकारी समाचार संस्थाका अनुसार इरानी सेनाले क्षेत्रभित्र रहेका अमेरिकी सैन्य आधारहरूमा जवाफी आक्रमण गरेको दाबी गरिएको छ । इरानी रिभोलुसनरी गार्डले दक्षिणी इरानमा अमेरिकी हेलिकप्टर दुर्घटनालाई बहाना बनाएर अमेरिका गरिएको आक्रमणको जवाफस्वरूप यो कारबाही भएको बताएको छ ।

    यता, चीनले अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

    त्यसैगरी, बहराइनको रक्षा बलले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानका मिसाइल तथा ड्रोन आक्रमणलाई सफलतापूर्वक रोक्दै नष्ट गरेको जनाएको छ । बहराइनले इरानमाथि नागरिक क्षेत्रलाई लक्षित गरेको आरोप लगाउँदै आफ्नो सेना पूर्ण रूपमा सतर्क अवस्थामा रहेको बताएको छ । सेनाले नागरिकलाई सम्भावित जोखिमयुक्त वस्तु वा भग्नावशेष नजिक नजान र तुरुन्त अधिकारीलाई जानकारी दिन आग्रह गरेको छ । बहराइनले नागरिक तथा निजी सम्पत्तिमाथि गरिएको मिसाइल र ड्रोन आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हुने पनि स्पष्ट पारेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # इरानका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।