हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका-८ बैदमारस्थित भित्री सडक खण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
बा.प्र.०१-०३३ च २१४४ नम्बरको पिकअप गाडी अनियन्त्रित भई करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ । उक्त गाडी द्रुतमार्ग आयोजनासँग सम्बन्धित रहेको बताइएको छ।
दुर्घटनामा चालक सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमान निवासी अन्दाजी ४२ वर्षीय बोधराज बुढाथोकी र द्रुतमार्ग आयोजनामा कार्यरत इन्जिनियर बारा पचरौता नगरपालिका-७ निवासी २१ वर्षीय सूर्य यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology