Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीका २५ वर्षीय युवा जसले कुखुरा फार्मबाटै मासिक ७५ हजार कमाउँछन्

गुल्मीका २५ वर्षीय युवा जसले कुखुरा फार्मबाटै मासिक ७५ हजार कमाउँछन्

images
  • गुल्मीका २५ वर्षीय युवा जसले कुखुरा फार्मबाटै मासिक ७५ हजार कमाउँछन्
    images
    images

    सुमन महतारा, गुल्मी । पछिल्लो समय युवाहरु पनि कृषि तथा पशुपालनमा आर्कषित हुन थालेका छन् । अहिले गाउँगाउँमा आधुनिक प्रविधिको प्रयोग गरी कृषि तथा पशुपालन गरेको देख्न प्रशस्त देख्न सकिन्छ । 

    images
    images
    images

    त्यस्तै गुल्मीमा पनि आधुनिक प्रविधिको प्रयोग गरी कृषि तथा पशुपालनमा युवाहरुको आर्कषण बढ्न थालेको छ  । 
     नेपालका युवाहरु जिविकोपार्जनका लागि बिदेश बाहेकको विकल्प देख्दैनन् । तर, पछिल्लो समय बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले बिदेशको बिकल्पलाई तुहाइदिएको छ । 

    images
    images
    images

    गुल्मीको मालिका गाउँपालिकाका २५ वर्षीय युवा शाहिल खड्काले ५ वर्ष सम्म बिदेश परिश्रम गरेपछि  स्वदेशमै फर्की आफ्नै गाउँ ठाँउमा अहिले आधुनिक प्रविधिबाट कुखुरा पालन व्यवसाय सुरु गरेको उनले बताए ।

    images
    images
    images

    अहिले उनको फर्ममा तीन हजार लेर्यस जातका कुखुरा रहेका छन् । जसबाट उनले मासिक ७५  हजार भन्दा बढीको कारोबार गर्ने गर्दछन् । उनको फर्ममा दुई जनाले रोजगार समेत पाएका छन् । गाउँमा आधुनिक प्रविधिको प्रयोग गरी कुखुरा पालन गरेपछि स्थानीयले उनको प्रशंसा गर्दै आएका छन् ।

    सधै विदेशमा दु:ख गर्नु भन्दा स्वदेशमै केही गरौं भन्ने उदेश्यले नयाँ संरचना बनाएर कुखुरा पालन व्यवसाय सुरु गरेको उनी बताउँछन् ।

    बिहानदेखि रात अबेर सम्म उनको समय कुखुरा फर्ममै बित्ने गर्दछ । उनको फर्म बाट उत्पादित अण्डा मालिका गाउँपालिकासंगै छिमेकी स्थानीय तहमा समेत खपत हुने गर्दछन् ।

    स्थानीय सरकारबाट सहयोग साथ पाए व्यवसाय बढाउने उनको मनसाय रहेको छ ।अन्य युवाहरुलाई पनि स्वदेशमै केही  गर्न उनी सुझाउँछन् । 

    युवाहरु कृषि पेसा तर्फ आर्कषित हुनु सकरात्मक पक्ष भएकोले युवाहरुलाई यीनै पेसामा टिकाई राख्नु स्थानीय सरकारको दायित्व भएको जनप्रतिनिधि बताउँछन् । युवाहरुले यसरी गाउँमा आधुनिक प्रविधि भित्राएर कृषि तथा पशुपालन गरेपछि स्थानीय सरकारले पनि सहयोग गरिरहेको र गर्ने प्रतिबद्धता रहेको मालिका गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरिले बताए । 

    पछिल्लो समय कृषि र पशुपालनमा आर्कषित भएका युवाहरुलाई स्थानीय सरकार देखी केन्द्र सरकारले विभिन्न अनुदान, तालीम, ज्ञान, सिप प्रदान गरी युवालाई उत्पादनमा प्रेरणा प्रदान गर्नु आवश्यक देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # कुखुरा फार्म
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।