Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

मापसे गरी चलाइएको ई–रिक्सा दुर्घटना, चालकसहित ६ जना घाइते

मापसे गरी चलाइएको ई–रिक्सा दुर्घटना, चालकसहित ६ जना घाइते

images
  • मापसे गरी चलाइएको ई–रिक्सा दुर्घटना, चालकसहित ६ जना घाइते
    images
    images

    बाँके । कोहलपुर नगरपालिका-२ ट्रायल सेन्टर अगाडिको भित्री सडकखण्डमा मादक पदार्थ सेवन गरी चलाइएको ई-रिक्सा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।

    images
    images
    images

    शसस्त्र क्याम्पबाट विकासनगरतर्फ जाँदै गरेको भे १ ह ९४९६ नम्बरको ई-रिक्सा ४० वर्षीय लालबहादुर थापाले चलाइरहेका बेला दुर्घटना भएको हो । चालकसँग सवारी चालक अनुमति पत्र समेत नभएको खुलेको छ ।

    images
    images
    images

    दुर्घटनामा कोहलपुर-२ की २७ वर्षीया शर्मिला विक, २४ वर्षीया हस्तकला बस्नेत, उनकी ३ वर्षीया छोरी चेतना बस्नेत, सल्यान कुपिण्डे-१ की ५५ वर्षीया अमृता परियार, ४५ वर्षीया रति दमाई र ५५ वर्षीय डोटे दमाई घाइते भएका छन् ।

    images
    images
    images

    घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # मापसे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।