Logo

२०८३, भाद्र १गते


images
images

परराष्ट्रमन्त्री खनालको चीनको कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका मन्त्री हाइशिङसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको चीनको कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका मन्त्री हाइशिङसँग भेटवार्ता

images
  • परराष्ट्रमन्त्री खनालको चीनको कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका मन्त्री हाइशिङसँग भेटवार्ता
    images
    images

    काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइशिङसँग भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    सोमबार भएको भेटमा नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने, दल–दलबीचको आदानप्रदान विस्तार गर्ने तथा जनस्तरको सम्बन्धलाई थप गहिरो बनाउने विषयमा फलदायी छलफल भएको मन्त्री खनालले बताएका छन् ।

    images
    images
    images

    यसअघि आजै मन्त्री खनालले चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती उच्च भू–भाग अनुसन्धान संस्थानको भ्रमण गरेका थिए ।

    images
    images
    images

    आइतबार चीन भ्रमणका क्रममा बेइजिङ पुगेका मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

    भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् । चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।