२१ बैसाख काठमाडौ- पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ पीसीआर र ५ सय ७१ जनामा एन्टीजेन परीक्षण गर्दा ७६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पनि कोरोनाले नयां रेकर्ड बनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ५५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ । कोरोना सुरु भए यता एकै दिन मृत्यु भएको यो अहिले सम्मकै धेरै संख्या हो । योसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४ सय १७ पुगेको छ ।
अहिले सम्म मुलुकभर २५ लाख ३७ हजार दुई सय ९५ जनाको पिसिआर परीक्षण भइसकेको छ ।
आज मात्रै एक हजार सात सय ७५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने अहिले सम्म दुई लाख ८७ हजार सात सय ९० जना निको भइसकेका छन् ।






Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology