चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारद्वय माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ । महानगरमा अहिलेसम्म १३ हजार ३६४ मत गणना भइसकेको छ । निवर्तमान मेयर दाहाल गठबन्धनकी साझा उम्मेदवार हुन् भने एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको साथ रहेको छ ।
अहिले भरतपुर महानगरका १,२,३ र ४ नम्बर वडाको मत गणना भइरहेको छ । दाहाल अहिले सुवेदीभन्दा झिनो मतान्तरले पछि परेकी छन् । गत स्थानीय तहको निर्वाचनमा महानगरको १ नम्बर वडा कांग्रेसले जितेको थियो । सो वडाको मतगणना हुँदा दाहालको अग्रता थियो । भने ३ नम्बर वडा पनि कांग्रेसले नै जितेको क्षेत्र हो । यस दुवै क्षेत्रको मत गणना हुँदा दाहालले अग्रता लिएकी थिइनन् ।
२ र ४ नम्बर वडा भने एमालेले जितेको क्षेत्र हो । यस क्षेत्रबाट एमालेले धेरै मत आउने आँकलन गरेको थियो । तर एमालेको पकड क्षेत्र भनिएको यि दुवै वडाबाट सुवेदीको पक्षमा उल्लेख्य मत खसेको छैन ।
२ नम्बर वडाबाट केही बढी मत ल्याएका सुवेदीले ४ नम्बर वडाबाट भने सोही अनुसार मत ल्याउन सकेनन् । त्यसैले अहिले दाहालले सुवेदीसँगको मतान्तर घटाएकी छन् ।
अहिले एमालेले गत स्थानीय तहको निर्वाचनमा जितेको वडा नम्बर ४ को मत गणना भइरहेको छ । एमालेका सुवेदीले ४ हजार ५५० मत पाएका छन् भने माओवादीकी दाहालले ४ हजार ४९५ मत पाएकी छन् ।
यसअघि ६१ मतले सुवेदी अघि थिए भने अहिले उनले सो मतान्तरलाई घटाएर ५५ मा झारेकी छन् ।
यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार १९२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ५४० मत पाएकी छन् । सुवेदीले ५ नम्बर वडाको मतगणना गर्दा पनि अग्रता लिने आँकलन गरिएको छ । यस वडा पनि एमालेले जितेको वडा हो । भने ६ नम्बर वडा भने कांग्रेसले जितेकाले दाहालको अग्रता हुने आँकलन रहेको छ।
भरतपुरको अपडेट
मेयर
माओवादी केन्द्रकी रेणु दाहाल : ४४९५
एमालेका विजय सुवेदी : ४५५०
कांग्रेसका बागी जगन्नाथ : १९९८
(दाहालसँग सुवेदीकाे ५५ मतको अग्रता)
उपमेयर
कांग्रेसका चित्रसेन अधिकारी : ५३१३
राप्रपाकी हिमला गुरुङ : ३६२२
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology