Logo

२०८३, श्रावण ३०गते


images
images

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

images
  • नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
    images
    images

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ ।

    images
    images
    images

    यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिराको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकामा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । 

    images
    images
    images

    आज बिहान ५ः३० बजेदेखि सेती दोभानलगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् । सवारी साधनको लाइन भरतपुरको बाइपास सडकसम्म आइपुगेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।