राहा । सिरहाको मिर्चैया नगरपालिका-८ भगवतपुरस्थित फुलवरिया-भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बा.प्र. ०१-०३२ च ८९७१ नम्बरको विद्युतीय कार विद्युत् पोलमा ठोक्किएपछि अनियन्त्रित भई सडक छेउको नालामा खसेको थियो । दुर्घटनापछि कार चालकले बोलाएको प्र.२-०४-००१ च ००३३ नम्बरको सेतो बोलेरो पिकअपमा भाग्ने क्रममा स्थानीय गुनाई ठाकुर घाइते भएका थिए । घाइते ठाकुरको उपचारका क्रममा सप्तरीस्थित हमेश्वरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मिर्चैया नगरपालिका-८ भगवतपुर निवासी हुन् ।
दुर्घटनापछि फरार रहेका बोलेरो चालक मिर्चैया नगरपालिका-८ निवासी २३ वर्षीय चन्दन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा मिर्चैया नगरपालिका-८ भगवतपुर निवासी ३९ वर्षीय रामपुकार ठाकुर, १० वर्षीय एक बालक, ६ वर्षीय सुमन शर्मा तथा मिर्चैया नगरपालिका-६ निवासी ३२ वर्षीया सुभली कुमारी यादव रहेका छन् । घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology