Logo

२०८३, श्रावण २७गते


images
images

मौसम

आइतबारदेखि मनसुनी गतिबिधि बढ्ने, सावधानी अपनाउन आग्रह

आइतबारदेखि मनसुनी गतिबिधि बढ्ने, सावधानी अपनाउन आग्रह

images
  • आइतबारदेखि मनसुनी गतिबिधि बढ्ने, सावधानी अपनाउन आग्रह
    फाईल फोटो : बाढी
    images
    images

    काठमाडौँ । आगामी असार १६ र १७ गते देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार देशका पहाडी र तराईका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै जाने भएकाले मनसुन बाँकी भूभागमा पनि फैलिने अनुमान गरिएको छ ।

    images
    images
    images

    सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने महाशाखाले चेतावनी दिएको छ । शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

    images
    images
    images

    महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    महाशाखाले मनसुनी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाउँदै अद्यावधिक मौसम पूर्वानुमान नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ। साथै, सबैलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना हेरी आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।