Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहको युगज्योति माविलाई उत्कृष्ट विद्यालय सम्मान

देवदहको युगज्योति माविलाई उत्कृष्ट विद्यालय सम्मान

images
  • देवदहको युगज्योति माविलाई उत्कृष्ट विद्यालय सम्मान
    images
    images

    देवदह । सामाजिक विकास डिभिजन कार्यालय भैरहवाले युगज्योति माद्यामिक विद्यालय देवदहलाई उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरेको छ ।

    images
    images
    images

    लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको उक्त कार्यालयले देवदहको युगज्योति माविसँगै रुपन्देही र पश्चिम नवलपरासीका १६ वटा विद्यालयलाई सम्मान गरेको हो । दुई जिल्ला कार्यक्षेत्र रहेको डिभिजन कार्यालयले २३ वटा स्थानीय तह मध्ये मापदण्ड पुगेका १६ वटा विद्यालय छनोट गरि पुरस्कृत गरेको जनाएको छ । 

    images
    images
    images

    यसैगरी कार्यालयले विद्यालयसँगै उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरेको छ । यसरी सम्मानि हुनेहरुमा देवदहबाट केरवानी माविका प्रधानाध्यापक निर्मल ढुङ्गाना र देवदह माविका प्रधानाध्यापक हरिप्रसाद पाण्डे रहेका छन् ।

    images
    images
    images

    आइतवार भैरहवा स्थित शिक्षा तालिम केन्द्रमा आयोजित शिक्षक तथा विद्यालय सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले विद्यालय तथा शिक्षकहरुलाई सम्मानपत्रद्धारा सम्मान गरेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।