Logo

२०८३, श्रावण ३१गते


images
images

युगज्योति माविको ३७ औँ वार्षिक उत्सव सम्पन्न

युगज्योति माविको ३७ औँ वार्षिक उत्सव सम्पन्न

images
  • युगज्योति माविको ३७ औँ वार्षिक उत्सव सम्पन्न
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ५ मा रहेको युगज्योति माध्यमिक विद्यालयको  ३७ औँ वार्षिक उत्सव सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमबीच विद्यालयले वार्षिक उत्सव मनाएको छ। 

    images
    images
    images

    वार्षिक उत्सव समारोहमा बोल्दै लुम्बिनी प्रदेश क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व कृषिमन्त्री छबिलाल विश्वकर्माले अहिलेको समयमा शिक्षा नीति प्रणाली सही ढंगले अगाडि बढेको बताउँदै समय अनुकुल शिक्षा निती निर्माण गर्न आवश्यक रहेको बताए । हरेक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई शिक्षामा आत्मनिर्भर बनाउने गरी अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिदै सांसद विश्वकर्माले शैक्षिक गुणस्तर सुधार गर्न सबैको साथ आवश्यक रहेको बताए। शिक्षाको विकासका लागि शिक्षक, अभिभावक र जनप्रतिनिधिहरुको पहल हुनुपर्ने उनको भनाई छ। 

    images
    images
    images

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमनारायण अधिकारीले बार्षिक प्रतिवेदन तथा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद ढुंगानाले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।  

    images
    images
    images
    326979883_551976296978502_3610270915805602141_n.jpg

    त्यस्तै बार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजना गरिएको खेलकुदमा विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यालयमा अध्यापनरत शिक्षक तथा अभिभावकहरुलाई समेत विद्यालयले सम्मान गरेको थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, निर्मला चौधरी, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता गणेश डुम्रे, देवदह–६ का वडाअध्यक्ष खेमबहादुर थापा, विद्यालयका संस्थापक अध्यक्ष जसमान गुरुङ्ग, सल्लाहकार वासुदेव रिमाल, शिक्षक अभिभावक संघका गणेश बस्याल, भविष्य निर्माण माविका गोविन्द भूषाल, देवदह जेसिसका अध्यक्ष दुर्गा दहाल लगायतले आ–आफना भनाई राख्नु राखेका थिए। 

    विद्यालयका सहायक प्रधानाध्यापक हरि प्रसाद भण्डारीको स्वागत र शिक्षक शिला मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।