Logo

२०८३, श्रावण ३०गते


images
images

प्रदेश राजनीति

प्रदेशमा तिनै दल एमाले, कांग्रेस र नेकपा मिलेर सरकार बन्दैन- गगन थापा

प्रदेशमा तिनै दल एमाले, कांग्रेस र नेकपा मिलेर सरकार बन्दैन- गगन थापा

images
  • प्रदेशमा तिनै दल एमाले, कांग्रेस र नेकपा मिलेर सरकार बन्दैन- गगन थापा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख तीन दल मिलेर प्रदेशमा सरकार नबनाउने स्पष्ट गरेका छन् । आइतबार कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने स्पष्ट गरेका हुन् ।

    images
    images
    images

    परिणाम के हुन्छ मलाई थाहा छैन तर सैद्धान्तिक रुपमा हिजो हामीले गल्ति गर्यौं अब काँग्रेसले गल्ति गर्दैन । अहिले प्रदेशमा तिन दल मिलेर सरकार बनाउनु पर्ने सुझाव आइरहेको छ । काँग्रेसले त्यसो गर्दैन । तीन दल मिल्दा प्रदेश प्रतिपक्ष विहिन हुन्छ ।'   

    images
    images
    images

    उनले एउटासँग चुनावमा गठबन्धन गरेर अर्कोसँग सत्ता सञ्चालन गरेकाले पनि कांग्रेसले ठूलो मूल्य चुकाएको बताए । उनले कांग्रेसले प्रदेशमा कुनै कम्प्रमाइज नगर्ने बताए । उनले अब कांग्रेसका नेताहरुले सोच बदलेर अगाडि बढ्नुपर्ने बताए ।

    images
    images
    images

    अहिलेको काँग्रेसको नेतृत्वले बदल्ने भनेको सोच्ने तरिका हो भन्दै मुस्किल समयमा विपी कोइराला,  गणेशमान र किसुनजीले पार्टी चलाएको जस्तो गरि पार्टीलाई अगाडी बढाउने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।