Logo

२०८३, श्रावण ३०गते


images
images

स्वदेश फर्किदै छु, सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ - देउवा

स्वदेश फर्किदै छु, सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ - देउवा

images
  • स्वदेश फर्किदै छु, सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ - देउवा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले स्वदेश फर्कन लागेको जानकारी गराएका छन् । हाल हङकङमा रहेका देउवाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी गराएका हुन् । 

    images
    images
    images

    देउवाले विज्ञप्तिमा सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउदै स्वतन्त्र न्यायपालिका, संबैधानिक संस्थाहरु तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेको उल्लेख गरेका छन् । 

    images
    images
    images

    साथै उनले भनेका छन्- ‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ ।'

    images
    images
    images

    गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए  । विज्ञप्तिमा देउवाले स्वदेश फर्किने मिति भने उल्लेख गरेका छैनन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।