Logo

२०८३, आश्विन १७गते


images
images

देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

images
  • देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    images
    images
    images

    कांग्रेसको संस्थापन इतर पक्षले बिहीबारदेखि सुरु गरेको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनबाट देउवा डडेलधुराबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

    images
    images
    images

    डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ बाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । काठमाडौंमै रहेका देउवाले वारेसनामामार्फत क्षेत्रीय प्रतिनिधिका लागि उमेदवारी दर्ता गराएका थिए । 

    images
    images
    images

    डडेलधुराका ५२ वडामध्ये ३० वडामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी वडामा शुक्रबार र शनिबार अधिवेशन हुने डडेलधुरा कांग्रेसका उपसभापति तथा जिल्ला संयोजक दिल्लीराज जोशीले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।