अनिष पन्थी, गुल्मी । सवारी दुर्घटनामा घाईते भएका जिल्ला प्रशासन गुल्मीका खरिदार सन्दीप परियारको उपचारका लागि आर्थिक सहयोग गरिएको छ। गत बैशाख १ गते प्युठान जिल्लामा जिप दुर्घटनामा शक्त घाईते हुनुभएका परियारको उपचारका लागि निजामती कर्मचारीको आधिकारीक टे«ड युनियन गुल्मी, नेपाल निजामती कर्मचारी गुल्मीको सक्रियतामा रु आर्थिक संकलन गरिएको थियो। आज एक कार्यक्रमका बीच एक लाख नौ हजार चार सय तीस रुपैयाँ प्रमुख जिल्ला अधिकारी रुद्रनदेवी शर्माले हस्तान्तरण गर्नुभएको छ।
निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनबाट रु २५ हजार हस्तान्तरण गरिएको छ ।उक्त रकम समितिका अध्यक्ष खिमबहादुर अधिकारी र सह–सचिव रामप्रसाद पन्थीले हस्तान्तरण गर्नुभएको थियो । यस्तै नेपाल निजामती कर्मचारी युनियन गौँडाकोटबाट १२ हजार पाँच सय पाँच, नेपाल निजामती कर्मचारी युनियन छत्रकोटबाट १२ हजार तीन सय असी, विभिन्न कार्यालयबाटरु ३६ हजार संकलन गरिएको नेपाल निजामती कर्मचारी युनियन गुल्मीका अध्यक्षमेघलाल पाण्डेले जानकारी दिनुभयो।
रेसुङ्गा नगरपालीकाका कर्मचारीहरुबाट ३६ हजार पचास सहयोग संकलन गरिएको थिया।े सोही रकम रेसुंगा नगरपालीकाका वडा सचिव तथा नेपाल निजामती कर्मचारी युनियन रेसुंगा नगरपालीकाका गुल्मीका सभापती प्रेमराज खनालले हस्तान्तरण गर्नुभएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology