Logo

२०८३, आश्विन ११गते


images
images

नगरप्रमुख पन्थीद्वारा बुटवल–सालझण्डी–तम्घास सडकको अनुगमन 

नगरप्रमुख पन्थीद्वारा बुटवल–सालझण्डी–तम्घास सडकको अनुगमन 

images
  • नगरप्रमुख पन्थीद्वारा बुटवल–सालझण्डी–तम्घास सडकको अनुगमन 
    images
    images

    गुल्मी।गुल्मीको रेसुंगा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लालाई जोड्ने बुटवल–सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडकको अनुगमन गरेका छन।

    images
    images
    images

     जिल्लालाई बुटवलसँग जोड्ने द्रुतमार्गको रुपमा रहेको यस सडक खण्डको अनुगमन गरेका हुन।

    images
    images
    images

    यस जिल्लालाई बुटवलसँग जोड्ने गौरवको आयोजनाको रुपमा रहेका यस सडक खण्डलाई सम्पन्न गर्न पटक–पटक चासो देखाउँदै आएका नगरप्रमुख पन्थीले निर्वाचित भएलगतै अनुगमन गरेका हुन।

    images
    images
    images

    सडक पूर्वाधार विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख ईन्जिनियर सागर मरासिनीले नगरप्रमुख पन्थीलाई सडक खण्डको बारेमा जानकारी गराएका थिए। जानकारी लिंदै नगरप्रमुख पन्थीले यो सडक खण्डलाई स्तरोन्नती गर्नका लागि निरन्तर पहल गर्ने बताए । उनले सडक खण्डलाई शीघ्र सम्पन्न गर्न पहल गर्ने बताउँदै जिल्लाका नागरिकहरुलाई द्रुतरुपमा सडकको सुविधा प्रदान गर्ने उल्लेख गरे।

     
    “हामीले निरन्तर रुपमा गुल्मेली जनतालाई वैकल्पिक मार्गको रुपमा रहेको यस सडक खण्डलाई सम्पन्न गर्न निरन्तर पहल गरिरहेका छौं,” उनले भने,“सिद्धबाबा सडक खण्डको विकल्प नहुँदा अकालमै गुल्मेली जनताले ज्यान गुमाउन परिरहेको छ।”
    यस सडक खण्ड छिट्टै सञ्चालनमा ल्याई गुल्मेली जनतालाई सिद्धबाबाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउने दाबी गरे। 

    उनले  यस सडकखण्डलाई कालोपत्रे गरेर ढाई घण्टामा तम्घास–बुटवलको यात्रा सहज बनाउने बताए।

     जिल्लाको विकास, समृद्धि र पर्यटनसँग जोडिएकाले पनि यो सडकको निकै महत्व रहेको बताए।
    सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडक खण्ड २०७० सालमा निर्माण कार्य शुभाराम्भ भएको हो । संविधानसभा सदस्य डा. चन्द्र भण्डारीको पहलमा यो सडक खण्ड निर्माणको कार्य शुरु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।