Logo

२०८३, श्रावण २७गते


images
images

कैलालीमा बाढीले मोटरसाइकल बगाउँदा चालकको सकुशल उद्धार

कैलालीमा बाढीले मोटरसाइकल बगाउँदा चालकको सकुशल उद्धार

images
  • कैलालीमा बाढीले मोटरसाइकल बगाउँदा चालकको सकुशल उद्धार
    images
    images

    कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक चालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

    images
    images
    images

    अविरल वर्षापछि आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका बर्दगोरिया गाउँपालिका–२ निवासी ३९ वर्षीय लौटन थारु सवार से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो ।

    images
    images
    images

    बिहीबार राति इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक मीरा खड्काको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट करिब १५० मिटर तल खोलाबाट बगिरहेका थारुलाई तत्काल उद्धार गरेको हो ।

    images
    images
    images

    उद्धार गरिएका थारुको ढाड र दाहिने कुहिनामा सामान्य चोट लागेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उपचार तथा उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोटरसाइकल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।