Logo

२०८३, श्रावण २७गते


images
images

साउनबाट सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट अनिवार्यः कहाँ हुन्छ जडान ? कति लाग्छ खर्च ?

साउनबाट सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट अनिवार्यः कहाँ हुन्छ जडान ? कति लाग्छ खर्च ?

images
  • साउनबाट सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट अनिवार्यः कहाँ हुन्छ जडान ? कति लाग्छ खर्च ?
    images
    images
    काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०७९ को सुरुबाटै सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । साउन १ बाटै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारीमा यातायात व्यवस्था विभाग छ ।

    आर्थिक वर्ष २०७८/०७९ को सुरुबाट सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्दै करिब ६ महिना अगाडी नै विभागले शुल्क तोकिसकेको छ । विभागले साउनबाट अनिवार्य गर्ने थाहा पाएपछि अहिले नयाँ खरिद भएका सवारीमा इम्बोस्ड नम्बर बाक्लै देखिने गरेको छ । अगामी ५ वर्षभित्र सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य विभागको छ ।

    images
    images
    images

    कस्तो छ यो प्लेट?

    images
    images
    images

    ९९ प्रतिशत आल्मोनियमबाट बनेको यो नम्बर प्लेटमा रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरिएको र उक्त प्लेट अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ।यसको कडा पन एच ४१ र एच ४२ हनेछ भने मोटाई ०.९८ मिलिमिटर हुनेछ। बेस प्लेटमा स्ट्याम्पिङद्वारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ड रहेको हुनेछ।

    images
    images
    images

    प्लेटको बाँया साइडको माथि नेपालको झण्डा र त्यसैको मुनी देश जनाउने गरी अंग्रेजीमा एनइपी र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुनेछ। प्लेटको माथि प्रदेश जनाउने अंग्रेजीमा लेखिएको हुनेछ। त्यसको मुनी लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको र सो को मुनी बढीमा ४ अंक लेखिएको हुनेछ।

    दुईपांग्रे बाहेकका सबै साधनहरुमा अगाडि वाइड स्क्रिन ग्लासको भित्रपट्टीबाट आरएफआइडी एण्टीना स्टिकर राखिएको छ। मोटरसाइकलको हकमा पछाडीपट्टीको नम्बर प्लेटमा विषेश प्रकारको कभरको डिजाइन गरी चिप्स राखिएको हुन्छ र सो मा आरएफआइडी स्टिकरको सम्पूर्ण विवरण राखिएको हुन्छ।

    हाल देखिने नेपाली अक्षर र अंक अंकित प्लेटन्दा इम्बोस्ड नम्बरको अंक र अक्षर प्लेटको सतहभन्दा केही माथि उठ्छ । इम्बोस्ड नम्बर प्लेट अभियान कार्यान्वयन भएपछि नेपाल भित्र हुने सवारीसाधन चोरीका घटना नियन्त्रण हुने विभागको दाबी छ । यस्तो प्लेट एक पटक जडान गरेपछि १० वर्षका लागि ढुक्क हुने भएकाले बीचमा झिक्न वा फेर्न मिल्दैन ।

    ‘पहिलो कुरो त सवारी साधनको चोरीका घटनामा यसले नियन्त्रण गर्छ’ विभागका एक अधिकारी भन्छन्, ‘अर्को भनेको कर नतिरेका सवारी र सवारी धनीको पहिचान एकदमै सजिलै गर्न सकिन्छ ।’इम्बोस्ड नम्बर प्लेटमै रेकर्ड राखिने हुँदा कर नतिरी चलेका सवारी ठाउँको ठाउँ नियन्त्रणमा लिन सकिने दाबी गरिएको छ ।

    ‘इम्बोस्ड नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर हुन्छ, यो नम्बरले कुन सवारी, कति नम्बरको सवारी, कहाँ छ, कस्तो अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ ।

    कति लाग्छ जडान शुल्क?

    यातायात व्यवस्था विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रे तथा मझौला सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३ हजार ६ सय रुपैँया शुल्क निर्धारण गरेको छ।

    कहाँ गएर जोड्ने?

    विभागले २ पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, ३ पाङ्ग्रे सवारी र साना तथा मझौला ४ पाङ्ग्रे सवारीका लागि सवारी परीक्षण कार्यालय, टेकू र ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी एकान्तकुना, ललितपुरमा व्यवस्था मिलाएको छ। त्यस्तै सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवन जानुपर्ने छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।