Logo

२०८३, श्रावण ३०गते


images
images

अर्थतन्त्रको हितको लागि  चिया कम पिउन सरकारको अनुरोध 

अर्थतन्त्रको हितको लागि  चिया कम पिउन सरकारको अनुरोध 

images
  • अर्थतन्त्रको हितको लागि  चिया कम पिउन सरकारको अनुरोध 
    images
    images

    एजेन्सी । पाकिस्तानका जनतालाई देशको अर्थतन्त्रको हितको लागि ‘कम चिया पिउन’ भनिएको छ। वरिष्ठ मन्त्री एहसान इकबालले चियाका कपको संख्या घटाएर अर्थतन्त्रको हितमा जनताले योगदान दिन सक्ने बताए। उनले चियाको कप संख्या घटाउनु भनेको उच्च आयात बिल कटौती गर्नु हो भने।

    images
    images
    images

    पाकिस्तानमा विदेशी मुद्रा सञ्चितिको नाजुक अवस्था छ। हालको अवस्था हेर्दा पाकिस्तानसँग दुई महिनालाई मात्र पुग्ने आयात गर्न सक्ने विदेशी मुद्रा सञ्चिति छ। पाकिस्तानमा विदेशी कोष बढाउने दबाब उत्पन्न भएको छ।

    images
    images
    images

    विश्वमा सबैभन्दा बढी चिया आयात गर्ने देश पाकिस्तान हो। पाकिस्तानले हरेक वर्ष करिब ६० करोड डलरको चिया खरिद गर्छ।

    images
    images
    images

    पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इकबालले जनतालाई अपील गर्दै भने, ‘म देशका जनतालाई चियाको एक-दुई कप कटौती गर्न अपील गर्दछु किनभने हामी ऋणमा चिया आयात गरिरहेका छौं।'

    पाकिस्तानमा आर्थिक संकटसँग जुध्न साना-साना तर धेरै कदम चालिएका छन्। बिजुलीको बचत गर्न राती पसल बन्द गर्न सुझाव दिइएको छ। चिया पिउन कम गर्ने सुझावलाई लिएर सामाजिक सञ्जालमा धेरै चर्चा छ। धेरै मानिसले देश जुन आर्थिक संकटबाट गुज्रिरहेको छ त्यसको सुधार केही कप चियाको संख्या घटाएर मात्र हुन्छ? भन्ने प्रश्न गरिरहेका छन्।

    यसअघि पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले सोमबार यदि सरकारले जुलाईसम्म पेट्रोलियम उत्पादनहरूमा सब्सिडी हटाएन भने देशमा आर्थिक संकट हुने बताएका थिए। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पेट्रोलियम पदार्थमा दिइने अनुदान हटाउनमा जोड दिएको अर्थमन्त्रीले एक सञ्चार माध्यमसँगको कुराकानीमा बताए। - बीबीसी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।