Logo

२०८३, श्रावण ३०गते


images
images

इरानको तेल आयातको ऋण श्रीलंकाले चिया बेचेर चुक्ता गर्ने

इरानको तेल आयातको ऋण श्रीलंकाले चिया बेचेर चुक्ता गर्ने

images
  • इरानको तेल आयातको ऋण  श्रीलंकाले चिया बेचेर चुक्ता गर्ने
    images
    images

    काठमाडौं । श्रीलंकाले तेल आयातको २५.१ करोड डलर उधारो तिर्नको लागि इरानलाई चिया पठाइदिने रणनीति बनाएको छ । इरानले पनि यसको पुष्टि गरेको छ । श्रीलंकाका मन्त्री रमेश पाथिरानाले समाचार एजेन्सी रोयटर्ससँग उनको देशले आउँदो जनवरीदेखि इरानलाई चिया पठाउन सुरु गर्ने बताएका छन् ।

    images
    images
    images

    उनले भने ‘हामीलाई आशा छ कि हामी हरेक महिना ५० लाख डलरको चिया इरानलाई पठाउनेछौं ताकि विगत ४ वर्षदेखि तेल आयातको उधारो इरानलाई तिर्न सकियोस् ।’ रोयटर्सका अनुसार श्रीलंकाले आगामी वर्ष २०२२ मा ४.५ अर्ब डलर ऋण तिर्नुपर्ने छ । तर, देशको विदेशी मुद्रा भण्डारमा आएको गिरावटका कारण श्रीलंका कठिनाइमा छ ।

    images
    images
    images

    श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निवार्ड काबरालले यही महिनाको सुरुवातमा भनेका थिए कि श्रीलंका २०२२ मा सबै अन्तर्राष्ट्रिय ऋण तिर्न सक्षम छ । अर्कोतर्फ इरानको ट्रेड डेभलपमेन्ट अर्गनाइजेसनका प्रमुख अली रजा पेमन पाकले इसना समाचार एजेन्सीसँग श्रीलंकाको तर्फबाट यो अनुरोध ९ वर्ष पहिले गरिएको बताए । उनका अनुसार दुई देशबीच हालै भएको छलफलपछि श्रीलंकाले उधारो तिर्नको लागि इरानलाई चिया पठाउने सहमति भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रीलंका
  • # इरान
  • # चिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।