Logo

२०८३, आश्विन ९गते


images
images

साउदी लिगमा अल नासरको लगातार दोस्रो जित, खेलमा फर्किदै रोनाल्डोले गरे गोल

साउदी लिगमा अल नासरको लगातार दोस्रो जित, खेलमा फर्किदै रोनाल्डोले गरे गोल

images
  • साउदी लिगमा अल नासरको लगातार दोस्रो जित, खेलमा फर्किदै रोनाल्डोले गरे गोल
    images
    images

    काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियाधलाई ४-० गोल अन्तरले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा अल नासरले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।

    images
    images
    images

    अल नासरका लागि अब्दुल्लाह अल अम्री, जोआओ फेलिक्स, आन्जेलो गाब्रिएल र वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । रोनाल्डोका लागि यो सिजनको पहिलो गोल हो । रोनाल्डो खेल सुरु हुँदा बेन्चमा थिए र दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । मैदानमा आएपछि उनले करिब २१ मिनेटमै गोल गरेका हुन् । यससँगै उनको व्यावसायिक खेल जीवनमा कुल गोल संख्या ९७७ पुगेको छ । अब उनी एक हजार गोलको ऐतिहासिक लक्ष्यभन्दा २३ गोल टाढा छन् । रोनाल्डोको यो नयाँ सिजनको पहिलो खेल पनि हो ।

    images
    images
    images

    यस जितसँगै अल नासरले नयाँ सिजनमा लगातार दुई खेल जित्दै बलियो सुरुवात गरेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी प्रो लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।