Logo

२०८३, श्रावण ३०गते


images
images

जितसँगै अल नासर साउदी लिगको शिर्ष स्थानमा, रोनाल्डोको दुई गोल

जितसँगै अल नासर साउदी लिगको शिर्ष स्थानमा, रोनाल्डोको दुई गोल

images
  • जितसँगै अल नासर साउदी लिगको शिर्ष स्थानमा, रोनाल्डोको दुई गोल
    images
    images

    काठमाडौँ । साउदी प्रो लिगमा अल नासर शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल हाजेमलाई ४-० गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने किंग्सले कोम्यान र एन्गोलो गाब्रियलले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    त्यसैगरी गएराती नै सम्पन्न अर्को खेलमा अल हिलाल अल इत्तिहादसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । अल हिलालका लागि मालकमले एक गोल गरेका थिए भने इत्तिहादका लागि होउसेम आओअरले एक गोल गरेका थिए । यस खेलमा अल इत्तिहादका हसन कादेशले खेलको नवौं मिनेटमा नै रातो कार्ड पाएपछि इत्तिहाद १० खेलाडीमा सिमित भएको थियो ।

    images
    images
    images

    गएरातीका खेलपछि अल नासर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।अल नासरको २२ खेलमा ५५ अंक छ भने अल हिलालको २२ खेलमा ५४ अंक भएको छ । त्यस्तै अल इत्तिहादको २२ खेलमा ३८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ भने अल हाजेमको २२ खेल २४ अंक छ र लिगमा १२औ स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी प्रो लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।