Logo

२०८३, आश्विन ९गते


images
images

अल ताआउनलाई हराउँदै अल नासरको लगातार चौथो जित

अल ताआउनलाई हराउँदै अल नासरको लगातार चौथो जित

images
  • अल ताआउनलाई हराउँदै अल नासरको लगातार चौथो जित
    images
    images

    काठमाडौँ । साउदी प्रो लिगअन्तर्गत गएराति सम्पन्न खेलमा अल नासरले अल ताआउनलाई २-१ गोल अन्तरले पराजित गर्दै सिजनमा लगातार चौथो जित निकालेको छ । 

    images
    images
    images

    अल अव्वल पार्कमा भएको खेलमा पछाडि परेको अल नासरले उत्कृष्ट पुनरागमन गर्दै तीन अंक जोडेको हो । खेलको ११औँ मिनेटमा बसाम अल हुरैजीले गोल गर्दै अल ताआउनलाई १-० को अग्रता दिलाएका थिए । अल नासरका गोलरक्षकले प्रहार रोक्ने प्रयास गरे पनि रिबाउन्डमा हुरैजीले नजिकैबाट गोल गरेका थिए । पहिलो हाफको थपिएको समयमा अल नासरले बराबरी गोल फर्काएको थियो । साडियो मानेको पासमा सामु कोस्टाले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेल १-१ को अवस्थामा पुर्‍याएका थिए ।

    images
    images
    images

    दोस्रो हाफ सुरु भएको पाँच मिनेटपछि क्रिस्टियानो रोनाल्डोले अल नासरलाई अग्रता दिलाएका थिए । मोहम्मद सिमाकानको प्रहारलाई रोनाल्डोले नजिकैबाट गोलमा परिणत गर्दै टोलीलाई २-१ को अग्रता दिलाएका थिए । भिडियो सहायक रेफ्रीबाट जाँच भएपछि गोललाई मान्यता दिइएको थियो । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । अन्ततः अल नासरले २-१ को जित सुरक्षित गरेको थियो ।

    images
    images
    images

    यस जितसँगै अल नासरले चार खेलबाट १२ अंक जोड्दै साउदी प्रो लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । टोलीले चारै खेल जितेको छ । अल ताआउन भने चार खेलबाट दुई अंकसहित तालिकाको १५औँ स्थानमा रहेको छ ।

    रोनाल्डोका लागि यो गोल व्यक्तिगत रूपमा पनि महत्वपूर्ण बनेको छ । अल ताआउनविरुद्धको गोलसँगै उनको आधिकारिक करियर गोल संख्या ९७८ पुगेको छ भने उनी १ हजार गोलको लक्ष्यबाट अब २२ गोल टाढा छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी प्रो लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।