गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४ दजाकोट स्थित ऊजुर बहादुर गाहा मगरको घरमा आज बिहान अन्दाजी ५:३० वजेको समयमा चट्यांङ परेको छ ।
उक्त चट्यांङको कारणले उजुर वहादुरको परिवारका ७ जना सदस्यहरू घाइते हुनु भएको छ ।
घाइतेहरू मध्ये बुहारी करिश्माको अवस्था गम्भिर रहेको वताइएको छ । करिस्मा सहित ५ जना घाईतेहरू लाई उपचारको लागि तम्घास पठाई सकिएको र बॉकि दुई जना लाई पनि उपचारको लागि तम्घास पठाऊने तयारी भएको मुसिकोट नगरपालकिकाका कार्यपालिका सदस्य हरी प्रसाद छन्तेलले जानकारी दिनु भयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology