Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढी : कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा लाग्न ओलीको निर्देशन

भोटेकोशी बाढी : कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा लाग्न ओलीको निर्देशन

images
  • भोटेकोशी बाढी : कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा लाग्न ओलीको निर्देशन
    images
    images

     

    images
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा बाढीका कारण पानीको बहाव बढेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

    images
    images
    images

    ओलीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बसोवास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न अपिल गरेका छन् ।

    images
    images
    images

    उनले नेकपा एमालेका पार्टी समिति, जनसंगठन तथा स्वयंसेवकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

    बाढीको जोखिम बढिरहेका बेला नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सावधानी अपनाउन र प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्नसमेत ओलीले आग्रह गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।