Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढी : देवघाटमा दिउँसो साढे ३ बजे बाढीको बहाव पुग्ने अनुमान

भोटेकोशी बाढी : देवघाटमा दिउँसो साढे ३ बजे बाढीको बहाव पुग्ने अनुमान

images
  • भोटेकोशी बाढी : देवघाटमा दिउँसो साढे ३ बजे बाढीको बहाव पुग्ने अनुमान
    images
    images

    चितवन । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको बहाव आज दिउँसो करिब साढे ३ बजे देवघाट आइपुग्ने अनुमान गरिएको छ ।

    images
    images
    images

    देवघाटस्थित बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। प्रारम्भिक अनुमानअनुसार बाढीको बहाव आइपुगेपछि पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने जनाइएको छ ।

    images
    images
    images

    यसअनुसार देवघाटमा पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २ देखि ३ वर्षमा एकपटक दोहोरिन सक्ने प्रकृतिको बाढी हुने अनुमान गरिएको छ ।

    images
    images
    images

    प्रारम्भिक आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको जनाइएको छ । यद्यपि अर्को सूचना जारी नभएसम्म नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सुरक्षित र अग्लो स्थानमा रहन आग्रह गरिएको छ ।

    बाढी पूर्वानुमान महाशाखाले नदीको बहावमा थप परिवर्तन आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई निरन्तर सतर्क रहन तथा आधिकारिक सूचनामा ध्यान दिन अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।