Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढीपछि ४०३ पर्यटक तथा पदयात्री सम्पर्कविहीन

भोटेकोशी बाढीपछि ४०३ पर्यटक तथा पदयात्री सम्पर्कविहीन

images
  • भोटेकोशी बाढीपछि ४०३ पर्यटक तथा पदयात्री सम्पर्कविहीन
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण ४०३ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३४१ जना विदेशी नागरिक तथा ६२ जना नेपाली पदयात्री र सहयोगी रहेका छन् ।

    images
    images
    images

    सम्पर्कविहीन हुनेमा २०३ जना पुरुष र २०० जना महिला रहेका छन् । विदेशी नागरिकतर्फ सबैभन्दा धेरै भारतका १३३ जना छन् । त्यस्तै अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३ तथा अन्य २४ देशका ९४ जना नागरिक सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ ।

    images
    images
    images

    देशअनुसार भारतका १३३, नेपालका ६२, अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४, मलेसियाका १९, युक्रेनका ७, सिंगापुरका ६, दक्षिण अफ्रिकाका ६, न्युजिल्यान्डका ५, जापानका ५, जर्मनीका ४, फ्रान्सका ३, आयरल्यान्डका २, नेदरल्यान्ड्सका २, रुसका २ र स्पेनका २ जना सम्पर्कविहीन छन् ।

    images
    images
    images

    यसैगरी बेलारुस, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, पोर्चुगल र फिलिपिन्सका एक–एक जना सम्पर्कविहीन भएको जनाइएको छ ।

    प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले सम्पर्कविहीन भएका पर्यटक तथा पदयात्रीको वास्तविक अवस्था पुष्टि गर्न कठिन भइरहेको र उद्धार टोलीले खोजी तथा घटनास्थलको भौतिक अवस्था पहिचान गर्ने काम तीव्र बनाएको बोर्डले जनाएको छ ।

    पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार सम्बन्धित पर्यटन तथा पदयात्रा एजेन्सीबाट प्राप्त सूचीका आधारमा थप ६५ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको छ । तीमध्ये ५२ जना विदेशी र १३ जना नेपाली रहेको जनाइएको छ। यससँगै सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र पर्यटक प्रहरीको संयुक्त टोली उद्धार तथा खोजी कार्यमा परिचालन गरिएको छ । सञ्चार सम्पर्क स्थापित गर्ने, सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने र घटनास्थलको अवस्थाबारे जानकारी संकलन गर्ने काम भइरहेको छ ।

    मानसरोवर जाने प्रमुख नाकाका रूपमा रहेको रसुवागढी क्षेत्रमा ठूलो विपत्ति आएपछि पर्यटकको सुरक्षालाई लिएर समेत चिन्ता बढेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।