Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा १५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा १५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन

images
  • भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा १५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन
    images
    images

    काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल, नेपालले १५ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ ।

    images
    images
    images

    सशस्त्र प्रहरीले संरचना भत्किएका स्थानमा खोज तथा उद्धार गर्न विशेष तालिम प्राप्त टोलीसहित प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य आधार शिविर स्थापना गरेको जनाएको छ । उद्धार कार्यलाई प्रभावकारी बनाउन विद्युत् आपूर्ति व्यवस्था, चिकित्सक तथा स्वास्थ्यकर्मी, सामूहिक घाइते उद्धार तथा उपचारका लागि सवारीसाधन, शव व्यवस्थापन विज्ञ, शिविर समन्वय तथा व्यवस्थापन विज्ञ, प्राथमिक उपचार विज्ञ, गोताखोर र तीव्र बहावमा उद्धार गर्न तालिम प्राप्त जनशक्तिसमेत परिचालन गरिएको छ ।

    images
    images
    images

    विशेष खोज तथा उद्धार टोलीसहितको जनशक्तिले विभिन्न संरचना, जलविद्युत् आयोजना तथा अन्य प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यसैगरी, सशस्त्र प्रहरी बलले तालिम प्राप्त कुकुरसहितको टोली र ६ वटा ड्रोनसहितको टोलीसमेत परिचालन गरेको छ। परिचालित टोलीले पहिचान गरिएका १२ स्थानबाट ९८ वटा शव फेला पारेको, ३० जना घाइतेको उद्धार गरेको र ७३ जनालाई सकुशल उद्धार गरेको जनाएको छ ।

    बाढीमा परी घाइते भएकालाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन सशस्त्र प्रहरीका चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ । बाढी प्रभावितको तत्काल उपचार गर्न नेपाल सशस्त्र प्रहरी अस्पतालमा समेत १ सय शय्या तयारी अवस्थामा राखिएको छ ।

    त्यस्तै, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १ सय शय्या क्षमताका विपद् राहत कन्टेनरहरू बाढी प्रभावित क्षेत्रमा तत्काल पुर्‍याउने काम भइरहेको र अन्य क्षेत्रमा रहेका यस्ता राहत कन्टेनरसमेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तथा विभिन्न जिल्लामा रहेका सशस्त्र प्रहरीका एकाइबाट विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त थप जनशक्तिलाई आवश्यक सामग्रीसहित परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    भोटेकोशीबाट सुरु भएको बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको अवस्थामा प्रभावित क्षेत्रमा सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार, शव व्यवस्थापन र स्वास्थ्य सेवा सञ्चालनलाई प्राथमिकतामा राखेर सशस्त्र प्रहरीले उद्धार अभियान जारी राखेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।